Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

ऐश्वर्य माद्यामिक विद्यालय दर्नाको आम अभिभावक भेलाको उद्घाटन कार्यक्रम सम्पन्न


ऐश्वर्य माद्यामिक विद्यालय दर्नाको आम अभिभावक भेलाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका जेष्ठ सदस्य कण्ठबहादुर ओझाको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँद रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष साउँदले गुणस्तरिय शिक्षा नै आजको आवश्यकता भएकाले शैक्षिक गुणस्तर वृद्धिका लागी गाउँपालिकाले विषेश योजना ल्याएर अघि बढ्ने बताउनुभएको छ ।

शिक्षाको गुणस्तर वृद्धि गर्नका लागी सरकारसंग मात्र नभई बिभिन्न संस्थाहरुसंग समेत सहकार्य गरि पालिका अगाडि बढेको बताउनुभयो । बालबालिकाको शिक्षाको गुणस्तर सुधारका लागी अभिभावक सबैभन्दा पहिले जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड छ ।

सामुदायिक बिद्यालयको शैक्षिक बृद्धि खस्कीरहेको आरोप लाग्ने गरेको भन्दै विश्वास दिलाउदै अध्यक्ष साउँदले अध्यापन गराउन आग्रह समेत गर्नुभयो । बिद्यालयमा राजनिति नगरि स्वच्छ तरिकाले शिक्षाक्षेत्रलाई अगाडी बढाउनुपर्नेमा समेत जोड दिनुभयो ।

यसै बिद्यालयमा अध्ययन गरेर देशका उच्च ओहोदामा अधिकांस व्यक्तिहरु पुगेको स्मरण गर्दै बिद्यालयले सफल जनशक्ति उत्पादन गरेको बताउनुभयो ।

साथै उहाँले एश्वर्य मावि पनि पालिका भित्रको एक नमुना एवम उत्कृष्ट विद्यालय भएको बताउँदै विगतका दिन जस्तै आगामि दिनमा पनि शैक्षिक अवस्था सुधार देखी भौतिक संरचना निर्माणमा जोड दिने प्रतिबद्धता समेत अध्यक्ष साउँदले जनाउनुभएको छ ।

यस्तै कार्यक्रममा बिशिस्ट अतिथि बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष विन्दु रावल रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट आफ्नो मन्तव्य राख्दै उपाध्यक्ष रावलले बिद्यालयबाट दक्ष जनशक्ति उत्पादन हुनेहुँदा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

शिक्षाको बिकासको लागी शिक्षकको मात्र जिम्मेवारि नभएकाले अभिभावक र विद्यार्थिहरुले पनि लगनसिलता दिनुपर्ने भनाई छ शिक्षाको गुणस्तर बृद्धि गर्न सबैपक्षबाट सहयोग आवश्यक रहेको उनको भनाई छ ।

गाउँपालिका भित्रका हरेक बिद्यालयमा समस्या रहेको भन्दै बिद्यालयका हरेक समस्या समाधान गर्नका लागी कार्यपालिका तयार रहेको बताउनुभयो । बिद्यालयको थप व्यवस्थापनका लागीआफु लगायत पालिका सरकार तयार रहेको उपाध्यक्ष रावलको भनाई थियो ।

भेलामा लेखा समितीका सदस्य वेद प्रसाद ओझाले गत आर्थिक बर्ष २०७७/७८ को कुल आमदानि १ करोड ११ लाख ३५ हजार २ सय ३१ रुपैँया ५५ पैसा, कुल व्याय तर्फ ९९ लाख ७८ हजार ९ सय ४८ रुपैँया प्रश्तुत गर्नुभएको थियो ।

भने यस्तै ७९/८० को अनुमानित आयव्य २ करोड ७५ लाख १७ हजार रुपैँयाँ बराबरको प्रतिबेदन प्रश्तुत गरिएको थियो । यस्तै विद्यालय व्यावस्थापन समितीका अध्यक्ष मोती बहादुर धामिले विद्यालयको समग्र शैक्षिक एवम भौतिक प्रगति विवरण प्रश्तुत गर्नुभएको थियो ।

यसैबिच बिभिन्न कक्षामा प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने बिद्यार्थि, नियमित हाँजिर हुने बिद्यार्थि, अनुशासित बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । यस्तै विद्यालयका केहि शिक्षकहरुलाई सम्मान पत्र मार्फत सम्मान समेत गरिएको छ विद्यालयले जनाएको छ ।

कार्यक्रममा वडा अध्यक्ष जगत बहादुर थापा, निर्वतमान वडा अध्यक्ष कृष्ण बहादुर कडायत, विभिन्न राजनितिक दलहरुका प्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य, समाजसेवि, शिक्षक अभिभावक र विद्यार्थि लगायतको सहभागीता रहेको थियो ।

विद्यालयका शिक्षक सुरेन्द्र बहादुर रावलको स्वागत मन्तव्यबाट सञ्चालन प्रधानाध्यापक हिक्मत बहादुर थापाले गर्नुभएको थियो ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode