Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेखमा अल्लोको प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना हुँदै


तपेन्द्र कुँवर :-मेल्लेख गाउँपालिकाको लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादनको लागि उद्योग स्थापना गर्ने भएको छ ।

मेल्लेख गाउँपालिका वडा नं.२ ऋषिदहका स्थानीय दानबहादुर वुढाले परम्परागत रुपमा गर्दै आएको व्यवसायलाई आधुनिक औजारको प्रयोग गरेर उद्योगको रुपमा स्थापना गर्नको लागि आवश्यक तयारी सुरु गरेको छ ।

ऋषिदहको कच्चा पर्दाथको प्रशोधन गरेर व्यवसायीक रुपमा कपडा उत्पादन गर्नेे गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिनुभयो ।

उहाँले व्यवसायीक रुपमा कपडा उत्पादन गर्ने प्रक्रिया माघ महिनाबाट सुरुवात गरिने जानकारी दिनुभयो । वडा नं.२ ऋषिदहका स्थानीय दानबहादुर वुढाले सात वर्षदेखि अल्लोबाट झोला, कोट, गलबन्धि उत्पादन गर्दै आउनु भएको छ ।

गाउँघरमा पाइने अल्लोलाई सही प्रयोग गर्दा आम्दानी हुने थाहा पाएपछि आफूले अल्लोको कपडा बन्नु थालेको बताउनुभयो । अहिले आफूले अल्लोबाट परम्परागत रुपमा व्यवसाय सञ्चालन गर्दा वार्षिक एक देखि डेढ लाख आम्दानी गर्दै आएको बताउनुभयो ।

पुँजीवृद्धि, आधुनिक औजारको प्रयोग गरेर व्यवस्थित रुपमा उद्योग सञ्चालन गर्न सकेमा राम्रो आम्दानीको वाटो बन्ने वुढाको भनाई रहेको छ । गर्मीमा शीतल, जाडोमा न्यानो र टिकाउ हुने भएकाले विशिष्ठ व्यक्तिको पनि अल्लोको कपडा प्रति रोजाई बढ्दै गएको छ ।

अल्लोबाट उत्पादन गरेका कपडाको प्रयोग गाउँका स्थानीय देखि कर्मचारीले पनि गर्दै आएका छन् । अल्लोबाट कोट, ईस्टकोट, पाईन्ट, मोजा, झोला, हातेझोला, पर्स, मोवाईल तथा क्यामेराको व्याग, लगायतका कपडा र सामाग्री उत्पादन गर्न सकिने वुढाको भनाई रहेको छ ।

अल्लो प्रशोधनको लागि दुई मेसिन प्रयोग गरेर व्यवसायीक रुपमा अघि बढाउन सकेमा गाउँमा ३० देखि ४० जना रोगजारी बन्न सक्ने वुढाको दावि रहेको छ ।

युवा पैसा कमाउन विदेश जान्छन् तर यहाँ पैसा फलाउने स्थानीय कच्चा पदार्थ कुहिएर गएकाले सदुपयोग गरेर व्यवसायीक रुपमा अल्लोको कपडा उत्पादन गर्न गाउँपालिकालाई सुझाव समेत दिनुभएको छ ।

गाउँघरमा प्रशस्त पाइने अल्लोलाई सहि सदुपयोग गर्दा विना लगानी चोखो आम्दानी हुने भएकाले अल्लो व्यवसायीक रुपमा अघि बढाउन सकेमा सीप सिकेर घरमै स्वरोजगार बन्न सकिने वुढाको भनाई रहेको छ ।

गाउँपालिका अध्यक्ष साउदले गाउँपालिकाले ‘एक वडा एक उत्पादन कार्यक्रमको’ नीति लिएको धारणा व्यक्त गर्नुभयो । गाउँपालिकामा साना तथा मझौला उद्योग स्थापनाको लागि ८ वटै वडामा मेसिन पुगिसकेको बताउनुभयो ।

‘एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत ऋषिदमा पाईने कच्चा पदार्थको प्रसोधन गरेर शोडषमा अल्लो प्रशोधन, ऋषिदहमा आलु चिम्स उद्योग, वडा नं.८ हात्तिकोटमा मसाला उद्योग र वडा नं.४ कुष्कोटमा अचार उद्योग स्थापना गर्ने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष साउदको भनाई रहेको छ ।

उहाँले हात्तिकोट, कुष्ककोट, नन्देगडामा पाईने प्रशस्त मात्रामा रहेको भीमलको रेशाबाट पनि कपडा उत्पादन गर्ने गरी काम अघि बढाईने जानकारी दिनुभयो ।

अहिले सुरुवातमा परम्परागत रुपमा उत्पादन गर्दै आएको अल्लोलाई आधुनिक औजारको प्रयोगले प्रशोधन गरेर कपडा उत्पादन गर्छौ । औजारको प्रयोग गरेपछि उत्पादन वृद्धि र लागत घट्ने जनाइएको छ ।

अल्लोको रेशाबाट धागोे उत्पादन गर्ने प्रकृया केही झञ्झटिलो देखिएपनि बजार मूल्यका दृष्टिले राम्रो रहेकाले परम्परागत तरिकालाई आधुनिकीकरणको लागि गाउँपालिकाले लगानि गर्छ ।

यस्तै गाउँपालिकाले अध्यक्ष साउदले लागू पदार्थको रुपमा प्रयोग हुने गाँजा र गाउँपालिकामा प्रशस्त मात्रामा पाईने भीमलको रेशाबाट पनि केही समयपछि व्यवसायीक रुपमा कपडा उत्पादन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

स्थानीय स्तरमै स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष साउदको भनाई रहेको छ ।

उहाँले जिल्ला घरेलु र अछामका दश वटै स्थानीय तहको उपस्थितिमा अल्लोको उद्योग स्थापना गरिने जानकारी दिनुभएको छ ।


क्याटेगोरी : कृषि, व्यापार/प्रर्वद्धन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode