Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

लोक सेवामा अवसर गुमाएकालाई खोज्दै पञ्चदेवल नगरपालिका 


अछामको पञ्चदेवल विनायक नगरपालिकामा १४ जनाका लागी जागिर खुलेको छ ।

नगरपालिकामा सेवा करार लिने सम्बन्धी आइतबार सूचना जारी गर्दै विभिन्न पदका लागी दरखास्त आह्वानका लागी सूचना प्रकाशन भएको हो ।

पशु चिकित्सक अधिकृत छैठौँ १ जना,कृषि अधिकृत छैठौँ १ जना,नायव पशु सेवा प्राविधिक सहायक चौथौँ २ जना,हेल्थ असिस्टेन्ट सहायक पाचौं २ जना,अ.हे.व सहायक चौथो ४ जना,ल्याब असिस्टेन्ट सहायक चौथो ४ जनाका लागी एक हप्ते सूचना जारी गरिएको पदपूर्ति समिति संयोजक डम्बर बहादुर थापाले जानकारी दिए ।

आर्थिक वर्ष २०७८र०७९ र २०७९र०८० मा विभिन्न प्रदेशमा लोकसेवा आयोगको विभिन्न विज्ञापनबाट सम्बन्धित पदको अस्थायी तथा वैकल्पिक योग्यता क्रममा समावेश भएका उम्मेदवारले मात्रै दरखास्त आह्वान गर्न पाउने भएका छन् । 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode