Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका : गाउँ सभाको नवौँ अधिवेशन भोलि सम्मका लागी स्थगित


बान्नीगढी जयगढ गाउँपालिकाको गाउँ सभाको नवौँ अधिवेशन भोलि सम्मका लागी स्थगित गरिएको छ ।

बिभिन्न १० वटा निर्देशिका तथा कार्यविधि पारित गर्दै अधिवेशन भोलि सम्मका लागी स्थगित गरिएको हो ।

गाउँ सभाको नवौँ अधिवेशनमा पेस गरिएका प्रस्तावहरूमाथि थप छलफल गर्नुपर्ने भएकाले गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष टेक बहादुर साउँदले भोलि दिउसो १ बजेसम्मका लागी अधिवेशन स्थगित भएको घोषणा गरेका हुन् ।

विधायन समितिका संयोजक किरण खत्रीले सभामा पेस गरेका १० वटै नीति निर्देशिका तथा कार्यविधिहरू सभाबाट सर्वसम्मत रुपमा पारित भएका छन् ।

स्वास्थ्य,सरसफाइ तथा पोषण नीति २०७९,लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७९,करारमा कर्मचारी व्यवस्थापन कार्यविधि,लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि,टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि,आर्थिक सहायता कार्यविधि,कृषि विकास कार्यक्रम संचालन कार्यविधि,सहकारी संस्थालाई अनुदान बितरण निर्देशिका,मेलमिलाप कार्य सञ्चालन कार्यविधि र आधारभूत तह कक्षा ८ को परीक्षा संचालन कार्यविधि सर्वसम्मत रुपमा पारित भएका हुन् ।

अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले बजेट रकमान्तर,संशोधन तथा शीर्षक परिवर्तन र बजेट बाँडफाँडका लागी प्रस्ताव पेस गरेकी थिइन् । 

उपाध्यक्ष रावलले सभामा पेस गरेको सेवा तथा परामर्श शीर्षकको बजेटका बिषयमा छलफल जारि रहेको छ ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode