Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा कुष्ठ रोगको अवस्था डरलाग्दो : ९० प्रतिशत सङ्क्रमितमा सुरुवा कुष्ठरोग


अछाम कुष्ठ रोगको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

स्वास्थ्य कार्यालय अछामले ७० औँ विश्व कुष्ठरोग दिवसको अवशरमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । स्वास्थ्य कार्यालय अछामका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्र २३ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

जिल्लामा सबैभन्दा बढी पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका र ढकारीमा कुष्ठरोगका सङ्क्रमित रहेको बताईएको छ ।

सुदूरपश्चिमका अन्य पहाडी जिल्लामध्ये अछाममा कुष्ठरोगको सङ्क्रमण बढी देखीएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल अछाममा २५ जना कुष्ठरोग सङ्क्रमितको उपचार भइरहेको छ भने ८ जनामा अपाङ्गताको लक्षण समेत देखा परेको छ ।

पछिल्लो समय समुदायमा गएर कुष्ठरोगको खोजपड्ताल गरिने र सरकारले निःशुल्क उपचार गर्ने भएकाले कुष्ठरोग भएका व्यक्तिहरूको सङ्ख्या केही बढेको देखिएको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट राज ढुंगानाले बताए ।

राष्ट्रिय रणनीतिअनुसार स्वास्थ्य कार्यालय अछामले कुष्ठरोग निवारणका लागी आवश्यक प्रयास गरिरहेको उनको भनाई छ । समाजमा अझै पनि कुष्ठरोग सङ्क्रमितप्रति भेदभाव हुने गरेका कारण अपाङ्गता हुने दर उच्च रहेको ढुंगानाले बताए ।

नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरू थपिने गरेको तथ्याङ्क छ । अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ ।

कुष्ठरोग सरुवा रोग भएकाले समयमै उपचार गरे पूर्ण रुपमा निको हुने भएकाले रोगका लक्षण र चिह्न देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालयले आग्रह छ ।

सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । सरकारले कुष्ठरोग निवारणका लागि ‘शून्य कुष्ठरोग’ नीतिसहित ५ वर्षे कार्य योजना बनाएर काम गर्दै आएको छ ।

स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत ढुंगानासंग गरिएको कुराकानी :-


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode