Techie IT
  • १८ मंसीर २०८०, सोमबार
  • काठमाडौं
Paschim Raibar

राष्ट्रपति रनिंग शिल्डका लागी खेलाडी छनोट प्रतियोगीता बान्नीगढीमा सुरु


बान्नीगढी जयगढ गाउँपालिकामा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीताका लागी खेलाडी छनोट सुरु भएको छ ।

राष्ट्रपतीय रनिंग शिल्ड प्रतियोगिता अन्तर्गत बिभिन्न विधाका लागी गाउँपालिकाबाट खेलाडी छनोट गर्ने कार्य सुरु भएको हो ।

पालिका स्तरका विद्यालयका विद्यार्थी बिच प्रतिस्पर्धाबाट उत्कृष्ट हुने खेलाडी जिल्ला स्तरीय प्रतियोगिता लागी छनोट हुनेछन् भने जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय प्रतियताका लागी पनि उनीहरू छनोट हुनेछन् ।

भलिबल,कवर्डी, लङ्ग जम्प,लगायतका खेल प्रतियोगीताका लागी खेलाडी छनोट गरिने बान्नीगढी जयगढ गाउँपालिकाका खेलकुद प्रशिक्षक मनोज साउँदले जानकारी दिएका छन् ।

प्रतियोगीताको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले खेलकुद जगतमा बान्नीगढीको लामो इतिहास रहेको बताउँदै आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन भएको देख्न चाहेको बताएका छन् ।

खेल क्षेत्रको विकासका लागी आवश्यक बजेट विनियोजन तथा भौतिक निर्माणका सवालमा गाउँपालिका सरकार गम्भीर रहेको उनको भनाई छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले खेलकुद क्षेत्रले नै गाउँ ठाउँको पहिचान गर्नुका साथै विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले खेलकुद क्षेत्रको विकासका लागी आवश्यक बजेट विनियोजन गर्न कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सरस्वती माद्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुल बहादुर शेट्टिको अध्यक्षतामा भएको प्रतियोगीताको उद्घाटन कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य,वडा अध्यक्ष लगायतका अतिथि रहेका थिए ।

प्रधानाध्यापक टेक बहादुर कुँवरले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक रतन साउँदले गरेका थिए ।


क्याटेगोरी : खेलकुद, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!