Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

माग सम्बोधन नभएसम्म सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने


माग सम्बोधन नभएसम्म सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

माग सम्बोधन नभएसम्म सुदूरश्चिम सरकारलाई विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीले स्पष्ट पारेको छ।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ ९चौधरी०ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सभागी नहुने अडान समेत राखेकी छन्।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहाई नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताएकी हुन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान आफूहरु प्रतिबद्ध रहेको बताइन् ।

आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि उनको स्पष्ट पारिन् ।


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode