Hikmat Acharya
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

‘छड्के २’को टिजर रिलिज, ग्याङस्टर चरित्रमा अनमोल


फागुन १९ मा रिलिज हुने अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को टिजर सार्वजनिक भएको छ ।

१ः४६ मिनेट लामो टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको सुन्दर पठारबाट सुरु भएको टिजर चितवनको फाँटमा सकिएको छ ।

टिजरमा मुख्य चरित्र चित्रण गरिएको छ । सिनेमाले मनाङको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा भन्छ ।

रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँ टिजरमा देख्न सकिन्छ । ग्रीन ग्याङको नाइकेको रूपमा अनमोल छन् । उनी मेनडगको भूमिकामा छन् ।

मेगास्टार अनमोलको यो पहिलो ग्याङस्टर सिनेमा हो । उनको चरित्र र हुलियाले दर्शकको मन जित्छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारहरूको अभिनय छ ।

यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो सिनेमाबाट अभिनयमा डेब्यु गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरीरलोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।


क्याटेगोरी : कला-साहित्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode