Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

राष्ट्रपति भण्डारीले कसलाई ताेकिन् गृह मन्त्रालयको जिम्मेवारी ?


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुभएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode