Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेखमा गुणस्तरीय स्वास्थ्य सेवा : गाउँपालिका अध्यक्षद्वारा अस्पतालको अनुगमन


मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले गाउँपालिकाको आधारभूत अस्पतालको अनुगमन गरेका छन् ।

गाउँपालिकाको चौखुट्टेमा रहेको आधारभूत अस्पतालको अनुगमन गर्दै अध्यक्ष साउँदले अस्पतालमा चाहिने आवश्यक स्रोत साधन , स्वास्थ्य सेवा प्रवाहको अवस्था र अवस्था बारे जानकारी लिएका हुन् ।

अस्पतालमा तत्काल भिडियो एक्स-रे र एक्स-रे सेवा सुरु गर्न एक्स-रे उपकरण जडान पनि सुरु गरिएको छ ।

गाउँपालिकाका नागरिकहरूलाई पालिका भित्रै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालका लागी आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गरिने अध्यक्ष साउदले बताएका छन्।

मेल्लेख गाउँपालिकाको आधारभूत अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्न हाल १ जना एम.बि.बि.एस डक्टर सहित अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।

अनुगमनमा गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का,वडा अध्यक्ष प्रकाश अधिकारी लगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा
ट्याग : #मेल्लेख

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode