Techie IT
  • १८ मंसीर २०८०, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला


अछामको गैटाणमा मृत भेटिएका नेपाली काँग्रेसका युवा नेता रेशम तिमिल्सैनाको हत्यामा संलग्न मुख्य आरोपित विवेक शाहीलाई अछाम जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

माननीय जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले शुक्रवार उक्त फैसला गरेको हो ।

गत वर्षको कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सेनाको शव १४ दिनपछि मध्य पहाडी लोक मार्ग अन्तर्गत कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको थियो ।

अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सेना त्यस क्षेत्रको युवा अगुवाका साथै नेपाली काँग्रेसको पूर्व क्षेत्रीय कार्यसमिति सदस्य थिए ।

सामाजिक क्षेत्रमा सक्रिय रहेका भुवनेश्वरी आ.वि.का लामो समय देखि अध्यक्षको जिम्मेवारीमा रहेका तिमिल्सैना मृत भेटिएसँगै रेशमको हत्याको अनुसन्धानको माग गर्दै जिल्ला सदरमुकाम मंगलसैन,मध्य पहाडी लोक मार्ग, पूर्वी क्षेत्रका व्यापारिक केन्द्रहरूमा चक्काजाम र आन्दोलन समेत गरिएको थियो ।

अदालतको सो फैसलाले तिमिल्सैनाको परिवारले न्याय पाएको अनुभूत भएको उनका आफन्तजनले बताएका छन् ।


क्याटेगोरी : अपराध

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!